महिला उद्यमशीलता प्रवद्र्धन गर्न बोस्टन कलेजको अनलाईन बहस

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन, असार ०५ । 
चितवनस्थित बोस्टन ईन्टरनेशनल कलेजले महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यले महिला उद्यमशीलता सम्वन्धि छलफल कार्यक्रम गरेको छ ।  कलेज अन्रगतको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा अनलाईन मार्फत महिला उद्ययमशीलता बहस गरेको हो । महिला उद्योमशीलता बहस श्रृङ्खलाको २१ औँ श्रृङ्खला हो ।  

बहस कार्यक्रममा बोल्दै लिड इन्टरनेशनल प्रालि र ईमेजिङ् प्रालिकी उद्यमी तथा निर्देशक संयुक्ता रुपाखेतीले महिलाहरु उद्यमी बनाउनका लागि उत्प्रेरक व्यक्ति नरहेको बताउनुभएको छ । उहाँले महिलालाई उद्यमी बनाउनका लागि उनिहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आफ्नो अनुभव साट्दै उहाँले एमबिएबाट उद्यमी बन्नपर्ने प्रेरणा लिएको पनि बताउनुभयो । उहाँले सुरुवातमा उद्यमीले नाफा कमाउन कठिनाइ रहेको बताउँदै यो चुनौतीपूर्ण काम भएतापनि अन्त्यमा राम्रै नाफा कमाउन सकिने बताउनुभयो । 

एक गृहिणी भएता पनि आफूलाई अझ बिकास गर्नुपर्ने धारणा राखेर धेरै व्यवसायहरु स्थापना गरेको बताउँदै महिला कमजोर हुँदैन भन्ने सन्देश दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुले नेपालमा उद्यमी बन्न कत्तिको सजिलो रहेको छ? एउटा महिलालाई उद्यमी बन्नका लागि सबैभन्दा बढी आईपर्ने बाधाहरू के के हुन सक्छन् भन्ने जस्ता राखेका प्रश्नमा उहाँले  उद्यमी संयुक्ताले अमेरिकाको २१ दिने कार्यक्रममा संलग्न रहँदा त्यहाँका महिलाहरुलाई पनि समस्या र कठिनाइ  रहेको बताउनुभयो । 

उहाँले गृहिणी महिलाहरुले व्यवसाय र घरायसी काममा सन्तुलन राख्न सक्नुपर्ने बताउनुभयो भने बालबच्चाको हेरचाह गर्न महिलाकै भुमिका प्रधान हुने प्राकृतिक कारणले गर्दा पनि व्यवसायका लागी महिलाहरुलाई समय दिन गाह्रो पर्ने बताउनुभयो । त्यस्तै गरि महिलाहरुले उद्यमशीलतालाई आत्मसात गर्न नसक्नुमा मुख्यरुपमा ‘मानसिकता’ कै भुमिका हुने बताउनुभयो। म महिला हुँ, मैले पुरुषले जसरी व्यवसाय गर्न गाह्रो हुन्छ, बेलुका अबेर सम्म बस्दा समाजमा अरुले कुरा काट्छन्, आफु असुरक्षित भइन्छ लगायतका सोचाइले गर्दा महिलाहरुलाई उद्यमशीलतामा खुलेर लाग्न कठिनाई पारेको जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ४० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको मिडिया संयोजक साङपु शाक्यले जानकारी दिनुभयो ।बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी सदस्य आकृती ओझाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch