बोस्टन कलेज अनलाईन कक्षा : संकटको बेला व्यवसायको परिमार्जन

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टन ईन्टरनेशनल कलेज, भरतपुर, अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खला’को एघारौँ कार्यक्रम सम्पन्न भएको छ। आजको श्रृङ्खलामा भारतका उद्यमी ललित गौतमको अतिथिको रुपमा उपस्थित रहेको ईन्क्युवेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो। उद्यमी गौतम सेन्सग्रास, हेन्डस्कार्ट, लगायत ४ वटा स्टार्टअप्स कम्पनिका संस्थापक उद्यमी हुनुहुन्छ।

“संकटको बेला व्यवसायको परिमार्जन” विषयमा दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म चलेको बहसमा उद्यमशीलता र नेतृत्व कलबकी नेतृ गिता गौतम र राहुल आर्यले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने उक्त कलबकै अर्की सदस्य स्यारोना क्षेत्रीले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो।

group pic3

उद्यमी लतित गौतमले कार्यक्रममा करिब बीस मिनेट आफ्नो प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिको क्रममा उहाँले भन्नुभयो, “यो संकटको बेलामा अब नयाँ उद्यम सुरु गर्दा, सानो स्केलमा सुरु गर्नुपर्छ र परिस्थितिलाई मध्यनजर गर्दै बिस्तारै अगाडि बढ्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने, अहिले विश्वभरी नै ग्राहकहरु र लगानिकर्ताहरुले सकेसम्म पैसा आँफैसँग राख्न खोज्ने प्रवृति देखिएको छ जसले गर्दा, व्यावसायहरुले पनि मुद्रा व्यवस्थापनमा विशेष जोड दिनुपर्छ। सकेसम्म ‘जुगाड’ को सिद्दान्त अनुसार, खर्च कटौति गरेर व्यवसायलाई सुचालित राख्नुपर्छ।“

यो बेलामा सबैलाई गाह्रो परिरहेको जिकिर गर्दै अतिथि गौतमले लगानीकर्ताहरुको पैसामा धेरै भर नपर्न, चालु बजेटलाई ‘रिजर्भ’ मा राखेर कम खर्चिलो तरिकाले व्यवसायलाई सञ्चालन गर्न र आफ्नो व्यवसायको जगलाई सुदृढ गर्नतर्फ लाग्न उद्यमीहरुलाई आग्रह गर्नुभयो। कम खर्चिलो रुपमा कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सहभागिको प्रश्नमा उहाँले ‘घरबाट काम गरेर, सकेसम्म कामदारहरु अनावस्यक रुपमा नियुक्त नगरेर, र खर्च कम गर्न सकिने सम्पूर्ण क्रियाकलापहरुलाई पहिचान गर्दै सोही अनुरुप खर्च घटाउनुपर्छ’ भन्नुभयो।

नेपाल भारत र चिनको बिचमा अवस्थित रहेकोमा कसरी फाईदा लिन सकिन्छ भन्ने सहभागिको अर्को प्रश्नमा उहाँले भन्नुभयो, भारत र चीनका साथै एसियाका जापान र सिंगापुर लगायतका देशहरुमा उद्यमशीलताको लागी एकदमै राम्रो वातावरण रहेकोले त्यहाँबाट वित्तिय स्रोत, ज्ञान, सिप, आदि प्राप्त गर्न सकिन्छ। त्यस्तै गरि भारत र चीन नेपाली उत्पादनका लागी राम्रो बजार हुन सक्छ भने नेपालले भारत वा चीनका लगानीकर्ताहरुसँग सहकार्य गरेर ठूला परियोजनामा अगाडि बढ्न सक्ने जानकारी दिनुभयो। त्यस्तै भारत र चीनमा ‘स्टार्टअप ईकोसिस्टम’ धेरै राम्रो भएकाले यी देशहरु एसियाका ‘सिलिकन भ्याली’ हुन र यी देशहरुमा अवस्थित ‘ईन्क्युवेटर, एक्स्लेरेटर’ आदिमा गएर पनि नेपाली उद्यमीहरुले फाईदा लिनसक्ने उहाँले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ६५ जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रमलाई स्किल ल्याबको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरीएको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशिल सोच भएका युवाहरुको कलब हो। यी तिन संस्थाहरु मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch