बोस्टन कलेजमा ‘उद्यमशीलता बहस श्रृङ्खला’को दसौँ कार्यक्रम सम्पन्न

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टन ईन्टरनेशनल कलेज, भरतपुर, अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा आज ‘जुम’ सफ्टवयतको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खला’को दसौँ कार्यक्रम सम्पन्न भएको छ। आजको श्रृङ्खलामा क्यानभेडा कम्पनी प्रा.लि. (नेपाल र युरोप) का प्रमुख कार्यकारी अधिकृत प्रतिक कार्कीको अतिथिको रुपमा उपस्थित रहेको ईन्क्युवेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो।

 “उत्पादनमुलक उद्योगका सम्भावना र चुनौतीहरु” विषयमा दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म चलेको बहसमा उद्यमशीलता र नेतृत्व कलबका सदस्य उस्नता पाख्रिन र राहुल आर्यले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने उक्त कलबकै अर्का सदस्य स्यारोना क्षत्रीले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो। कलबका सदस्यहरुलाई विभिन्न भुमिकामा सम्मिलित गर्नको लागि बोस्टनकी ईभेन्ट प्रमुख सबिना सडौला र क्लबकी नेतृ गिता गौतमले संयोजनको भुमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा करिब आधा घण्टा सिईओ प्रतिक कार्कीले आफ्नो प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिको क्रममा उहाँले भन्नुभयो, “सैदान्तिक ज्ञानलाई व्यवहारमा उतार्न जरुरी छ जसका लागी आँफुले आँफैलाई चिन्न सक्नुपर्छ। आफ्नो उद्देश्य थाहा भएपछी मात्रै आफुले गरेका कामहरुको सार हुन्छ।“ नेपालमा कसैलाई देखाउनकै लागी उद्यम कर्ममा लाग्न चाहने जमात ठूलो भएकोले उनीहरु अन्योलमा परेको कुरा उदृत् गर्दै, आफुलाई चिन्न आध्यात्मिक चिन्तन जरुरी रहेको र त्यसको लागी योग र ध्यान गर्न सकिने कुरा बताउनुभयो। आफ्नो उद्यमको अनुभव साट्नेक्रममा उहाँले विभिन्न चुनौतिहरुको सामना गर्दै विदेशी साझेदारहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो र भन्नुभयो, व्यवसाय गर्नको लागि सहकार्य र विश्वास एकदमै महत्त्वपूर्ण हुन्छ।

नेपालमा ‘हेम्प’ अर्थात ‘गाँजा’ बनस्पतिको लागी अत्यन्तै अनुकुल वातावरण रहेको जिकिर गर्दै उक्त वनस्पतिलाई सरकारले नै कानुनी रुपमा मान्यता दिएर उत्पादन र प्रसोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। विश्वबजारमा अबको दिनमा गाँजा भनेको ‘तेल’ (पेट्रोलियम पदार्थ) जस्तै हो, त्यसैले सरकारले यसमा कानुनी व्यवस्था गरेर यसको उत्पादनमा लाग्ने हो भने नेपाललाई आर्थिक रुपमा धनी बनाउन एकदमै सहयोग पुग्ने कुरा पनि उहाँले जानकारी दिनुभयो।

नेपालमा उत्पादन जन्य उद्योगहरुमा के कस्ता उद्योगहरु सञ्चालन गर्न सकिन्छ भन्ने सहभागिको प्रश्नमा उहाँले अहिले प्याकेजिङ्ग गर्ने र त्यसलाई ‘ब्रान्ड’ को रुपमा स्थापना गर्ने अनि नवीन तरिकाले बजारीकरण गर्नेमा नै अहिले हामीहरु लाग्नुपर्छ भन्नुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि १०० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो भने बिआईसी स्टार्टअप्सको र स्किल ल्याबको पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो जसको माध्यमबाट पनि कार्यक्रममा थप सहभागिता रहेको थियो। उक्त कार्यक्रममा प्रदेश ३ को उद्योग मन्त्रालयका सिबीए सेक्रेटरी हेम कुमार पाठक र क्वेस्ट कलेज, ललितपुरका ‘कार्यक्रम संयोजक’ राम प्रसाद पौडेलको विशेष उपस्थिति रहेको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशिल सोच भएका युवाहरुको कलब हो। यी तिन संस्था मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।

Source: https://saurahaonline.com/2020/05/158157/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch