बोस्टन ईन्टरनेशनल कलेज अनलाइन कक्षा : नगद प्रवाहको व्यवस्थापन कसरी गर्ने ?

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खला’को बाह्रौँ कार्यक्रम सम्पन्न भएको छ। आजको श्रृङ्खलामा ‘ईमर्जिङ्ग नेपाल लिमिटेड’ का प्रमुख कार्यकारी अधिकृत एवम् उद्यमी सुवर्ण पौडेल अतिथिको रुपमा उपस्थित रहेको ईन्क्युवेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो।
“नगद प्रवाहको व्यवस्थापन कसरी गर्ने?” भन्ने विषयमा दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म चलेको बहसमा उद्यमशीलता र नेतृत्व कलबकी सदस्य स्यारोना क्षेत्री र राहुल आर्यले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने उक्त कलबकै अर्की सदस्य उस्नता पाख्रिनले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो।

उद्यमी सुवर्ण पौडेलले कार्यक्रममा करिब आधा घण्टा आफ्नो प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिको क्रममा उहाँले भन्नुभयो, “व्यवसायका प्रमुख प्राथमिकताहरुलाई केलाएर हेर्ने हो भने, वितरण प्रणाली, मानवस्रोत व्यवस्थापन र वित्तय व्यवस्थापन नै सबैभन्दा महत्त्वपूर्ण छन्। त्यसमा पनि असफल हुने अधिकांश व्यवसायहरु, नगद प्रवाहको व्यवस्थापन गर्न नसकेरै असफल हुने निष्कर्ष एक अध्ययनले देखाएको छ। किन यस्तो हुन्छ भन्दा, उद्यमीहरुमा एउटा भ्रम हुन्छ कि, व्यवसाय नाफामा गईरहेको छ भने नगद पनि धेरै हुन्छ। तर नाफा र नगद विल्कुलै फरक कुराहरु हुन।“

अहिलेको संकटको बेलामा नेपालका साना तथा मझौला व्यवसायहरुले प्रमुख वित्तिय अधिकृत (सीएफओ)ले जसरी सोच्नुपर्छ र व्यवसायका नाफामुलक क्षेत्रहरुलाई प्राथमिकता दिने र कम नाफामुलक क्षेत्रलाई हटाउने काम गर्नुपर्छ। उचित तरिकाले नगद प्रवाहको व्यवस्थापन गर्नलाई विभिन्न रणनीतिहरु अख्तियार गर्न सकिने भन्दै उहाँले एक दर्जन भन्दा बढी रणनीतिहरुको बारेमा चर्चा गर्नुभएको थियो।

उहाँले चर्चा गरेका रणनीतिहरुमा केही नीतिहरु यसप्रकार छन्: १) नगदको वास्तविक स्थिति के छ भन्ने कुरा पत्ता लगाउने। २) नगद आप्रवाह हुन सक्ने तरिकाहरुको खोजबिन गर्ने ३) मालसामानको उचित व्यवस्थापन गर्ने ४) तलब भत्तामा सबैभन्दा बढी नगद बाहिरिने हुनाले यसमा कटौति गर्ने ५) उठ्नुपर्ने नगद छिटो उठाउनतिर लाग्ने र तिर्नुपर्ने नगदलाई पछी धकेल्नको लागि असामीहरुलाई अनुरोध गर्ने ६) थप लगानिकर्ता हरुलाई कम्पनिमा स्वागत गर्ने ७) विलय र प्राप्ति गरेर व्यवसायलाई सुसंगठित गर्ने ८) पुँजीगत खर्चमा पुनर्विचार गर्ने ९) प्रतिस्पर्धा सँगै सहकार्य र सद्भावलाई जारी राख्ने, आदि।

नगद प्रवाहको व्यवस्थापन संकटको बेला मात्र नभएर सँधै महत्त्वपूर्ण हुने कुराको जिकिर गर्दै उहाँले भन्नुभयो, “अहिलेको समयमा व्यक्तिगत रुपमा पनि नगद व्यवस्थापन जरुरी छ।“ जसरी हामी २००८ को आर्थिक मन्दी, नाकाबन्दी र भुकम्पको संकटबाट फेरी सामान्य जिन्दगीमा फर्कन सफल भएका थियौँ त्यसरी नै एक दिन हामी यो संकटबाट पनि मुक्त हुने हुँदा अहिलेको समयलाई सही तरिकाले सदुपयोग गर्न उहाँले सहभागिहरुलाई सुझाव दिनुभयो। संञ्चारमाध्ययमा सुनिएजस्तो आर्थिक क्षेति नहुने कुरा प्रतिष्ठित संस्थाहरुको अनुसन्धानले नै देखाएकाले उहाँले आशावादी हुन सबैलाई आग्रह गर्नुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ७० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो। प्रदेश नं ३ को उद्योग मन्त्रालय अन्तर्गतका सीबिए सेक्रटरी हेम कुमार पाठकको विशेष उपस्थिति रहेको उक्त कार्यक्रमलाई बिआईसी स्टार्टअप्स र स्किल ल्याबको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरीएको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशिल सोच भएका युवाहरुको कलब हो। यी तिन संस्थाहरु मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।

Source: https://saurahaonline.com/2020/05/159338/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch