बोस्टन ईन्टरनेशनल कलेज अनलाईन कक्षा : महिला उद्यमशीलताको प्रबर्द्वन

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खला’को २१ औँ कार्यक्रम सम्पन्न भएको छ। आजको श्रृङ्खलामा “लिड इन्टरनेशनल प्रालि र ईमेजिङ् प्रालि” की उद्यमी तथा निर्देशक संयुक्ता रुपाखेती अतिथिका रुपमा उपस्थित रहेको मिडिया संयोजक साङपु शाक्यले जानकारी दिनुभयो।

“महिला उद्यमशीलताको प्रबर्द्वन” विषयमा दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म चलेको बहसमा बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी सदस्य साङपु शाक्य र ओमप्रकाश सापकोटाले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने अर्की सदस्य नम्रता गुरुङले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो।

उद्यमी संयुक्ता रुपाखेतीले कार्यक्रममा करिब २० मिनेट आफ्नो जीवन यात्राको बारेमा बताउँदै कार्यक्रमको सुरुवात गर्नुभएको थियो। उहाँले अरुको व्यवसायमा काम गर्न इच्छा नलागेको बताउँदै आफ्नो एमबिएको पढाइ सकेर लिड इन्टरनेशनल प्रालि नामक व्यवसाय सञ्चालन गर्नुभएको बताउनुभयो। उहाँले एमबिएबाट उद्यमी बन्नपर्ने प्रेरणा लिएको पनि बताउनुभयो। उहाँले सुरुवातमा उद्यमीले नाफा कमाउन कठिनाइ रहेको बताउँदै यो चुनौतीपूर्ण काम भएतापनि अन्त्यमा राम्रै नाफा कमाउन सकिने बताउनुभयो। उहाँले एक गृहिणी भएता पनि आफूलाई अझ बिकास गर्नुपर्ने धारणा राखेर धेरै व्यवसायहरु स्थापना गरेको बताउँदै महिला कमजोर हुँदैन भन्ने सन्देश दिनुभएको थियो। उहाँले आफ्नो व्यवसाय असफल हुनुको मुख्य कारण बताउँदै आफूले यसबारे बताउन संकोच मान्नुहुँदैन भन्ने सन्देश पनि दिनुभएको थियो। विशेष गरी महिलाहरु उद्यमी नहुनुको मुख्य कारण उत्प्रेरक व्यक्ति नरहेको बताउनुका साथै आफ्नो जीवनमा प्रोत्साहन गर्ने व्यक्ति हुनु आवश्यक रहेको बताउनुभयो। त्यस्तै गरी एउटा उद्यमी महिलाले आफ्नो घर व्यवसायलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा आफूमा निर्भर रहने बताउनुका साथै यसलाई सन्तुलन राख्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा सहभागीहरुले नेपालमा उद्यमी बन्न कत्तिको सजिलो रहेको छ? एउटा महिलालाई उद्यमी बन्नका लागि सबैभन्दा बढी आईपर्ने बाधाहरू के के हुन सक्छन् र नव उघमी महिलाहरूलाई के सुझाव दिन चाहनुहुन्छ? महिला उद्यमीहरुले हाम्रो देशमा केके चुनौतीहरूको सामना गर्नुपर्छ र ती चुनौतिहरुलाई कसरी हटाउन सकिन्छ? आजको युगमा महिलाहरुले राम्रोसँग व्यवसाय गरिरहेका त छन् तर पनि निर्देशक बोर्डमा महिला किन कम रहेका छन्? महिला उद्यमशीलतालाई कसरी बढवा दिन सकिन्छ? लगायतका प्रश्नहरु सोध्नुभएको थियो।

सहभागीका प्रश्नहरुको उत्तर दिँदै उद्यमी संयुक्ताले अमेरिकाको २१ दिने कार्यक्रममा संलग्न रहँदा त्यहाँका महिलाहरुलाई पनि समस्या र कठिनाइ रहेको बताउनुभयो। उहाँले गृहिणी महिलाहरुले व्यवसाय र घरायसी काममा सन्तुलन राख्न सक्नुपर्ने बताउनुभयो भने बालबच्चाको हेरचाह गर्न महिलाकै भुमिका प्रधान हुने प्राकृतिक कारणले गर्दा पनि व्यवसायका लागी महिलाहरुलाई समय दिन गाह्रो पर्ने बताउनुभयो। त्यस्तै गरि महिलाहरुले उद्यमशीलतालाई आत्मसात गर्न नसक्नुमा मुख्यरुपमा ‘मानसिकता’ कै भुमिका हुने बताउनुभयो। म महिला हुँ, मैले पुरुषले जसरी व्यवसाय गर्न गाह्रो हुन्छ, बेलुका अबेर सम्म बस्दा समाजमा अरुले कुरा काट्छन्, आफु असुरक्षित भइन्छ लगायतका सोचाइले गर्दा महिलाहरुलाई उद्यमशीलतामा खुलेर लाग्न कठिनाई पारेको जानकारी दिनुभयो।

त्यस्तैगरी महिलाहरुलाई विभिन्न दातृ निकायबाट, बैँकबाट र सरकारी नीतिनियमबाट भने राम्रै प्रोत्साहन गरेको पनि उहाँले भन्नुभयो। यदि तपाई आफ्नो व्यवसायको लागी वित्तिय श्रोत जुटाउन खोज्नुभएको छ भने, महिला उद्यमीले सानो रकमको कर्जा पाउन एकदमै सजिलो भएको जानकारी दिनुभयो। त्यस्तैगरी सरकारले पनि महिला उद्यमीलाई करछुट लगायतका नीतिमार्फत प्रोत्साहन गर्ने गरेको छ। तर नेपालमा महिलाको जनसंख्या बढी रहेतापनि व्यवसायिक कार्यमा महिला कम हुनुको मुख्य कारण प्रेरणादायिक व्यक्ति र ‘मेन्टर’ नहुनु र आफ्नो सिमित सहजताको घेराबाट बाहिर आउन नसक्नु रहेको जानकारी दिनुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ४० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो भने उक्त कार्यक्रमलाई बिआईसी स्टार्टअप्सको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरीएको थियो। त्यस्तै गरी कार्यक्रमको अन्त्यमा बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी सदस्य आकृती ओझाले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रममा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्नुभएको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावश्यक सिपहरु सिकाउने संस्था हो भने ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशील सोच भएका युवाहरुको संस्था हो। यी तिन संस्थाहरु मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।

Source: https://saurahaonline.com/2020/06/166170/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch