बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खला’को २२ औँ कार्यक्रम सम्पन्न भएको छ। आजको श्रृङ्खलामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको केन्द्रिय विभागकी प्रमुख प्राध्यापक डा. कुसुम शाक्य अतिथिका रुपमा उपस्थित रहेको मिडिया संयोजक साङपु शाक्यले जानकारी दिनुभयो।

“उदीयमान बजार र मौद्रिक नीति” विषयमा दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म चलेको बहसमा बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी मिडिया संयोजक साङपु शाक्य र सदस्य ओम प्रकाश सापकोटाले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने अर्की सदस्य एशिका घलेले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो।

डा. कुसुम शाक्यले कार्यक्रममा करिब ३० मिनेट मौद्रिक नीतिमा केन्द्रित रहेर प्रस्तुति दिनुभएको थियो। उहाँले कार्यक्रम मौद्रिक नीतिको परिभाषा दिएर सुरुवात गर्नुभएको थियो। मुद्राको माग र आपूर्ति एवंम मुद्रा परिचालनको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले जारी गर्ने नीतिलाई मौद्रिक नीति भनिन्छ। नेपालमा नेपाल राष्ट्र बैँकले मौद्रिक नीति तय गर्ने गर्छ जसमा मौद्रिक नीतिका औजारहरुलाई परिस्थिति अनुसार फेरबदल गर्ने गर्छ। उहाँले मौद्रिक नीतिको उदेश्य तथा विशेषताहरु केके हुन भन्ने बारे पनि बताउनुभयो। ब्याजदर समायोजना, सञ्चिति दर निर्धारण आदि मौद्रिक नीतिको उपकरण रहेका छन् र यी उपकरण तथा विधिहरू सबै स्थानमा एउटै रहने तर परिस्थितअनुसार प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो। वि.स. २०७६/७७ सालको मौद्रिक नीतिको आँकडा अनुसार मुद्रा सञ्चित अनुपात दर ४%, मुद्रास्फीति दर ६% र वैधानिक तरलता अनुपात १०%, ८%, ७% कायम रहेको पनि उहाँले जनाउनुभयो।

त्यस्तै गरी बिस्तारबादी नीति हालको अबस्थाको लागि राम्रो रहेतापनि मुल्यबृद्धिको जोखिम रहने बताउनुका साथै वाणिज्य बैँकले ऋण दिने क्रममा कृषि क्षेत्रलाई १०%, पर्यटन क्षेत्रलाई १५%, विकास बैँकलाई १५% र वित्तिय कम्पनीलाई १०% दिने प्रक्रियामा रहेको कुरा पनि प्रष्ट पार्नुभयो। मौद्रिक नीति प्राविधिक विधिमा जाने हुनाले यसले आर्थिक कारोबारलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। उहाँले नेपाल राष्ट्र बैँकले महिलाहरुलाई बारम्बार ऋण दिनुपर्ने नियम बनाए तापनि बैँकले समन्वय नगरिदिँदा ऋण दिन र लिन कठिन रहेको कुरा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरुले, कर्जा बजार नै धारासायी भएको अवस्थामा मौद्रिक नीति कत्तिको प्रभावकारी होला? व्यवसायमा कोभिड- १९ ले कस्तो प्रभाव पारेको छ र मौद्रिक नीतिमा के कस्ता कुरामा जोड दिएको छ? सरकारले कोभिड -१९ संकटलाई पर्याप्त वित्तिय विस्तारको माध्यमबाट सम्बोधन गरिरहेका छन् जुन प्राय:मौद्रिक नीतिले पनि समर्थन गर्दछ र तपाईंको दृष्टिकोणमा यसले मध्यम अवधिमा प्रतिबन्धात्मक नीतिहरूलाई समावेश गर्दछ? के ब्याजदर दीर्घकाल सम्मै कम रहला? लगायतका प्रश्नहरु सोध्नुभएको थियो।

सहभागिका प्रश्नहरुको उत्तर दिँदै डा.कुसुम शाक्यले संकट भनेको उत्पादन, रोजगारी, व्यवसायमा रहेको र यसलाई उदयमान बनाउन सक्यौ भने अर्थतन्त्र राम्रो रहने बताउनुभयो। त्यस्तै गरी अबको समयमा १५-२० लाख युवाहरु वैदेशिक रोजगारबाट फर्कने अनुमान गर्नु हुँदै उहाँहरुलाई रोजगार प्रदान गर्न ब्याजदर कम गर्नुका साथै लगानी गर्न ऋण प्रदान गर्न आवश्यक रहेको जानकारी दिनुभयो। इअर्को प्रश्नको जवाफमा उहाँले नेपाल राष्ट्र बैँकले विशेष गरी वित्तिय व्यवस्थापनमा जोड दिनुपर्ने, त्यसको परिचालन कसरी गर्ने, लगानीका निम्ति वित्तिय लागतलाई कसरी लक्ष्य बनाउने र ने.रा.बैँ.ले अर्थतन्त्र चलायमान राख्न उपकरणहरुलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरामा जोड दिनुपर्नेमा प्रष्ट पार्नुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ४० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो। त्यस्तै गरी कार्यक्रमको अन्त्यमा बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी सदस्य आकृति ओझाले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रममा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्नुभएको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावश्यक सिपहरु सिकाउने संस्था हो भने ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशील सोच भएका युवाहरुको संस्था हो। यी तिन संस्थाहरु मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch