उपहार र उत्सवमा उद्यमका सम्भावनाहरु

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टन ईन्टरनेशनल कलेज, भरतपुर, अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा ‘उद्यमशीलता बहस श्रृङ्खला’को आयोजना गरेको छ। उक्त बहस श्रृङ्खलाको आज आठौँ कार्यक्रम ‘जुम’ नामक सफ्टवयरको माध्ययम बाट सम्पन्न भएको छ।

Santosh Pandey

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशिल सोच भएका युवाहरुको कलब हो।

“उपहार र उत्सवमा उद्यमका सम्भावनाहरु” विषयमा सम्पन्न आजको कार्यक्रममा अफरिङ्ग ह्याप्पिनेसका सह-संस्थापक सन्तोष पाण्डेले अतिथि वक्तको भूमिकामा रहेर उक्त विषयमा आफ्नो प्रस्तुति दिनु भएको थियो। प्रस्तुतिको क्रममा उहाँले उपहार दिने र उत्सव मनाउने चलन नेपालमा बढ्दै गएकोले उद्यमको संभावनाका ढोकाहरु पनि क्रमश खुल्दै गएको कुरा जानकारी दिनुभयो। उहाँले कुनै पनि व्यवसायको जग बलियो भयो भने मात्रै व्यवसाय दिगो हुने कुरामा जोड दिनुभयो।

विशेष अतिथि सन्तोष पाण्डेको करिव २० मिनटको प्रस्तुतिपछी कार्यक्रम प्रश्न-उत्तर चरणमा प्रवेश गरेको थियो जसमा सहभागीका जिज्ञासाहरुमा छलफल भएको थियो। सहभागीहरुका प्रश्नहरुको उत्तर दिँदै उहाँले भन्नुभयो, “अहिलेको लकडाउनको समयमा पनि अफरिङ्ग ह्याप्पिनेसले विभिन्न उत्सवको अवसरहरुमा डिजिटल उपहारहरु तर्फ ग्राहकहरुलाई आकर्षित गरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ। यसरी नवीन प्रयोगहरु गर्नु उद्यमशिलताको कार्यहरुमा अत्यन्तै आवस्यक छ।“ दिउसोको ३ बजे देखी ४ बजे सम्म चलेको उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिव ५५ जना भन्दा बढीको सहभागिता रहेको थियो।

यस बहस श्रृङ्खलाको आगामी कार्यक्रम यही बैशाख १८ गते बेलुकीको ५:०० बजे ‘उद्यमशिलताका अवसरहरुमा कोभिड-१९ को असर” भन्ने विषयमा ग्लोबल आईएमई बैँङ्कका कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्रीसँग हुने कुराको जानकारी, बिआईसी स्टार्टअप्सका ईन्क्युबेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो। उक्त कार्यक्रममा सहभागिता जनाउनका लागि समुदायमा हार्दिक अपिल गरिएको पनि उहाँले जानकारी दिनुभयो।

Source: https://saurahaonline.com/2020/04/157131/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch