उद्यमशीलता बहस श्रृङ्खला’को २० औँ कार्यक्रम सम्पन्न

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खला’को २० औँ कार्यक्रम सम्पन्न भएको छ। आजको श्रृङ्खलामा “डोल्मा ग्रुप” का प्रमुख कार्यकारी अधिकृत तथा “युनिभरसिटि अफ नाटिंघम” का प्राध्यापक टिम गोचर अतिथिका रुपमा उपस्थित रहेको मिडिया संयोजक साङपु शाक्यले जानकारी दिनुभयो।

“दिगो व्यवसाय र भावी रूपान्तरण” विषयमा दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म चलेको बहसमा उद्यमशीलता र नेतृत्व कलबकी सदस्य स्यारोना क्षेत्री र उस्नता पाख्रिनले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने उक्त कलबकी अर्की सदस्य आकृती ओझाले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो।

प्रमुख कार्यकारी अधिकृत टिम गोचरले कार्यक्रममा करिब २० मिनेट आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले पर्यावरणीय र दिगो व्यवसायमा जोड दिदैं नेपालमा सोलार, हाइड्रोपावर, प्राविधिक कम्पनी, अस्पताल, फार्मेसीमा लगानी रहेको बताउनुभयो। उहाँले नीजि पुँजी र उद्यमी पूँजीमा जोड दिएर त्यसको परिभाषा र महत्व बताउनुभएको थियो । त्यस्तै गरी व्यवसाय सन्चालन गर्न पैसा कसरी जुटाउने भन्नेबारे बताउँदै सुरुवात साथीभाई तथा इष्टमित्रबाट गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो- एउटा उद्यमीले दिगो व्यवसाय गर्न व्यावसायिक योजना हुनु अत्यावश्यक छ। त्यस्तै गरी लगानीकर्ताले आफूले लगानी गरेको व्यावसायको योजना तथा नाफा नोकसानको बारेमा जान्न चाहने हुनाले सबै बताउन आवश्यक छ भन्नेबारे सुनाउनुभयो। त्यसमा पनि लगानीकर्ताले सबैभन्दा बढी संस्थापक उद्यमीहरुको टिम कस्तो छ, त्यसमा कस्तो क्षमता भएका मानिसहरु छन् र तिनीहरु ईमान्दार छन् कि छैनन् भन्ने कुरालाई महत्त्व दिने कुरा पनि जानकारी दिनुभयो। व्यवसायको स्वरुप र योजना फेरिन सक्ने तर टिममा लागेका व्यक्तिहरुको ईमान र चरित्र बढी दिगो रहने हुनाले त्यो कुरामा नै बढी महत्त्व दिईने स्पष्ट पार्नुभयो। उहाँले नवप्रवर्तन योजनाको बारेमा बताउँदै त्यसले उद्यमी पूँजी निर्माणमा समेत कसरी मद्वत गर्छ भन्नेबारे स्पष्ट पारिदिनुभयो।

कार्यक्रममा सहभागीहरुले, कोभिड-१९ पछि लगानी मोडल कस्तो हुन सक्छ? सेवामा आधारित प्राविधिक कम्पनीहरुमा पनि माग संकट रहेको छ, त्यसको सामना कसरी गर्न सकिन्छ? मागको उतारचढावका व्यवस्थापन गर्न हामीले हाम्रो उत्पादन र वितरण प्रणालीलाई कसरी परिमार्जन गर्न सक्छौ? यस महामारीको स्थितिमा उद्यम पूंजीको लागि लक्ष्य, वित्तिय स्रोत, जोखिम र बजारको दिशालाई कसरी समन्वय गर्ने ?साना तथा मझौला व्यवसायहरु कसरी भबिस्यको महामारीको अवस्थाको लागि तयार हुनुपर्दछ? यस्तो महामारीको समयमा व्यावसायिक संस्थाहरु कसरी आशावादी हुन सक्छन? लगायतका प्रश्नहरु सोधिएका थिए।

सहभागीका प्रश्नहरुको उत्तर दिँदै प्राध्यापक टिमले व्यवसायको सुरुवातमा मागमा उतारचढाव हुनु अावश्यक बताउँदै खर्चलाई व्यवस्थापन गरेर, प्रविधिको अत्याधिक उपयोग गरेर तथा पर्यावरण वातावरणमा ध्यान दिएर व्यवसाय दिगो बनाउन सकिन्छ भन्नेबारे बताउनुभयो। हामीले माग उतारचढावको व्यवस्थापन गर्न सेयरधनीको फाईदालाई मात्रै ध्यान नदिएर सम्पूर्ण सरोकारवाला पक्षहरुको फाईदालाई ध्यानमा राख्नुपर्ने कुरा बताउनुभयो। यसरी सरोकारवाला पक्षहरुलाई ध्यान दियौ भने कम्पनीको जोखिम कम हुने तथा उद्यमीहरुले सकारात्मक भावना फैलाउन सक्ने पनि जानकारी दिनुभयो। त्यस्तै गरि रक्षात्मक हुनुभन्दा आफ्नै अग्रसरतामा राम्रा कामहरु गर्नु पनि जरुरी रहेको बताउनुभयो। त्यस्तै गरी उहाँले कोभिड-१९ पछी लगानीकर्ताहरु अत्याधिक लगानीका अवसरहरुको खोजिमा हुने भएकोले नवप्रवर्तन तर्फ अग्रसर हुन पनि अनुरोध गर्नुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ५५ जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो भने उक्त कार्यक्रमलाई बिआईसी स्टार्टअप्सको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरीएको थियो। त्यस्तै गरी कार्यक्रमको अन्त्यमा उद्यमशीलता र नेतृत्व कलबकी सदस्य नम्रता गुरुङले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रममा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्नुभएको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशिल सोच भएका युवाहरुको कलब हो। यी तिन संस्थाहरु मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।

Source: https://saurahaonline.com/2020/06/164696/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch