उद्यमशीलता बहस श्रृङ्खला-६ : “नेपालमा आईटि उद्यमशीलताको सम्भावना र चुनौति”

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टोन ईन्टरनेशनल कलेज, भरतपुर, अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्सले काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ कम्पनिसँगको सहकार्यमा ‘उद्यमशीलता बहस श्रिङ्खला’को आयोजना गरेको छ। उक्त बहस श्रृङ्खलाको आज छैँठौँ कार्यक्रम ‘जुम’ नामक सफ्टवयरको माध्ययम बाट सम्पन्न भएको छ।

बिआईसी स्टार्टअप्स बोस्टोन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो र यसको उद्देश्य भनेको बोस्टोन कलेज लगायत भरतपुरमा रहेका युवा उद्यमीहरुलाई उद्यमशील कार्यमा सघाएर दिगो रुपमा चल्न सक्ने व्यवसायको स्थापना गराउनु हो। भरतपुरमा ‘उद्यमशीलताको लागि अनुकुल वातावरण’ तयार पार्ने र ‘ईकोसिस्टम’ कै विकास गर्ने दीर्घकालीन सोच सहित उक्त विभाग अगाडि बढेको विभागका प्रमुख प्रेम गैरेले जानकारी दिए।

त्यस्तैगरी, स्किल ल्याब कम्पनि एक यस्तो कम्पनि हो जसले विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने एवम् शैक्षिक संस्था र रोजगारदाता संस्थाहरु बिचको दुरी घटाउने काम गर्दछ।

“नेपालमा आईटि उद्यमशीलताको सम्भावना र चुनौति” विषयमा सम्पन्न आजको कार्यक्रममा टुटल कम्पनिका सिईओ र सह-संस्थापक, श्री शिक्षित भट्टले अतिथि वक्ताको भुमिका निर्वाह गर्नुभएको थियो। उहाँले कार्यक्रमको सुरुवातमा आफ्नो अनुभव छोटकरीमा प्रस्तुत गरेसँगै कार्यक्रम प्रश्न-उत्तर चरणमा प्रवेश गरेको थियो जसमा सहभागीका जिज्ञासाहरुमा छलफल भएको थियो। बेलुकीको ४ बजे देखी ५ बजे सम्म चलेको उक्त कार्यक्रममा ६५ जना भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा बोस्टोन कलेजका विद्यार्थी र प्राध्यापकको बाहुल्यता रहेपनि उक्त कार्यक्रम समुदायका लागि पनि खुल्ला भएकाले समुदायबाट पनि केही संख्यामा उपस्थिति रहेको थियो। त्यस्तै उक्त कार्यक्रमलाई बिआईसी स्टार्टअप्सको पेजमा पनि लाईभ प्रसारण गरिएको थियो।

Source: https://saurahaonline.com/2020/04/155615/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch