उद्यमशीलता प्रबर्धन गर्न बोस्टनले थाल्यो अनलाईन मार्फत बहस

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन, बैशाख ११ ।
चितवनमा उद्यमशीलता प्रबर्धनका लागि उद्यमशीलता बहसको आयोजना गरिएको छ । चितवनको बोस्टन ईन्टरनेशनल कलेज अन्तरगत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित थत ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा आज अनलाईनमाफर्त ‘उद्यमशीलता बहस गरिएको हो । विहिबार गरिएको बहस सातौँ श्रृङ्खला भएकाले कलेजले जानकारी दिएको छ ।
बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्नका लागि प्रत्येक उद्यमशिलता बहस कार्यक्रम अनलाईन मार्फत सञ्चालन गर्दै आएको बोस्टन ईन्टरनेशनल कलेजका ईन्क्युबेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो । ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था रहेको उहाले बताउनुभयो । यो कार्यक्रमको पहिलो श्रृङखला अप्रिल तीन बाट सुरु भएको थियो ।


“उद्यमशिलता प्रबर्धनमा चितवन उद्योग संघको भूमिका” विषयमा सम्पन्न आजको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले उद्योग प्रबर्धनका विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो ।  प्रस्तुतिको क्रममा उहाँले उद्यमी बन्नको लागि सबैभन्दा बढी ईमानदारीता चाहिने कुरामा जोड दिनुभयो । त्यस्तैआफ्नो क्षमताको पहिचान गरेर मात्रै उद्यममा लाग्न पनि उहाँले ईच्छुक उद्यमीहरुलाई सुझाव दिनुभयो ।
अनलाईन बहसमा सहभागिहरुले उद्यमशील बन्नका लागि जिज्ञासा समेत राखेको कलेजले बताएको छ ।
विहिबार साँझ एक घण्टा सम्म सञ्चालन भएको कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षद्वय त्रिलोचन कँडेल र युग राज ओस्ति, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, र समिति सदस्य गोपाल गैरे लगायतका पदाधिकारीहरु तथा बोस्टन कलेजका विद्यार्थी र प्राध्यापकको  उपस्थिति रहेको थियो । 

Source: http://www.kalikanews.com/news/124786

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch