‘उद्यमशिलता बहस’को १० औँ श्रृङ्खला सम्पन्न ‘उद्यमशिलता बहस’को १० औँ श्रृङ्खला सम्पन्न

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन, बैशाख २१

चितवनको बोस्टन ईन्टरनेशनल कलेज भरतपुरले सुरु गरेको उद्यमशीलता बहसको १० औँ श्रृङ्खला पुगेको छ । उत्पादन मुलक उद्योगका सम्भावना र यसका चुनौतीहरुको समाधान गर्ने उदेश्यले स्थापना गरिएको उद्यमशीलता बहसको आईतबार १० औँ श्रृङ्खला पुगेको हो ।

बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबले संयुक्त रुपमा अप्रिल तीन गतेदेखि अनलाईन मार्फत नियमित ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन् । १० औँ श्रृङ्खला अन्तरगर्त आज आईतबार क्यानभेडा कम्पनी प्रा.लि. (नेपाल र युरोप) का प्रमुख कार्यकारी अधिकृत प्रतिक कार्कीले उद्योगका सम्भावना र यसका चुनौती विषय प्रशिक्षण दिनुभएको थियो ।

सो क्रमममा बोल्दै उहाँले सैदान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सके उद्योगहरुको प्रवद्र्धन गर्न सकिने बताउनुभयो । नेपालमा कसैलाई देखाउनकै लागी उद्यम कर्ममा लाग्न चाहने जमात ठूलो भएकोले उनीहरु अन्योलमा परेको समेत उहाँले बताउनुभयो । आफ्नो उद्यमको अनुभव साट्नेक्रममा उहाँले विभिन्न चुनौतिहरुको सामना गर्दै विदेशी साझेदारहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

नेपालमा उत्पादन जन्य उद्योगहरुमा के कस्ता उद्योगहरु सञ्चालन गर्न सकिन्छ भन्ने सहभागिको प्रश्नमा उहाँले अहिले प्याकेजिङ्ग गर्ने र त्यसलाई ‘ब्रान्ड’ को रुपमा स्थापना गर्ने अनि नवीन तरिकाले बजारीकरणका लागि आफै लाग्नुपर्ने धारणा राख्नुभयो । प्रदेश ३ को उद्योग मन्त्रालयका सिबीए सेक्रेटरी हेम कुमार पाठक र क्वेस्ट कलेज, ललितपुरका ‘कार्यक्रम संयोजक’ राम प्रसाद पौडेल सहित १०० जनाको प्रत्यक्ष सहभागिता ईन्क्युवेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो ।

उद्यमशीलता र नेतृत्व कलबका सदस्य उस्नता पाख्रिन र राहुल आर्यले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभएको कार्यक्रममा बोस्टनकी ईभेन्ट प्रमुख सबिना सडौला र क्लबकी नेतृ गिता गौतमले संयोजनको भुमिका निर्वाह गर्नुभएको थियो ।

Source: http://www.kalikanews.com/news/125547

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch