उद्यमशिलता प्रबर्धनमा चितवन उद्योग संघको भूमिका

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

चितवन: बोस्टोन ईन्टरनेशनल कलेज, भरतपुर, अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टोन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा ‘उद्यमशीलता बहस श्रिङ्खला’को आयोजना गरेको छ। उक्त बहस श्रिङ्खलाको आज सातौँ कार्यक्रम ‘जुम’ नामक सफ्टवयरको माध्ययम बाट सम्पन्न भएको छ।

बिआईसी स्टार्टअप्स बोस्टोन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टोनकै विद्यार्थीहरुबाट संचालित कलब हो।

“उद्यमशिलता प्रबर्धनमा चितवन उद्योग संघको भूमिका” विषयमा सम्पन्न आजको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष श्री राजु पौडेलले अतिथि वक्तको भूमिकामा रहेर उक्त विषयमा आफ्नो प्रस्तुति दिनु भएको थियो। प्रस्तुतिको क्रममा उहाँले उद्यमी बन्नको लागि सबैभन्दा बढी ईमानदारीता चाहिने कुरामा जोड दिनु भयो। त्यस्तै आफ्नो क्षमताको पहिचान गरेर मात्रै उद्यमा लाग्न पनि उहाँले ईच्छुक उद्यमीहरुलाई सुझाव दिनुभयो। त्यस्तै गरी उहाँले चितवन उद्योग संघले उद्मीका समस्या समाधानको लागि नीति निर्माण गर्ने निकाय सँग समन्वय गर्ने र तत्कालको राहतका लागि उद्यमीहरुलाई विपत् कोषमार्फत सहयोग गर्ने जानकारी दिनुभयो।

विशेष अतिथि राजु पौडेलको करिव आधाघण्टाको प्रस्तुतिपछी कार्यक्रम प्रश्न-उत्तर चरणमा प्रवेश गरेको थियो जसमा सहभागीका जिज्ञासाहरुमा छलफल भएको थियो।  बेलुकीको ४ बजे देखी ५ बजे सम्म चलेको उक्त कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा बोस्टोन कलेजका विद्यार्थी र प्राध्यापकको बाहुल्यता रहेपनि उक्त कार्यक्रम समुदायका लागि पनि खुल्ला भएकाले समुदायबाट पनि केही संख्यामा उपस्थिति रहेको थियो। त्यस्तैगरी, उक्त कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षद्वय त्रिलोचन कँडेल र युग राज ओस्ति, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, र समिति सदस्य गोपाल गैरे लगायतका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

Source: https://saurahaonline.com/2020/04/156649/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch